NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

‘विभाजनको औचित्य पुष्टी नभएसम्म माओवादी केन्द्रसँग एकता सम्भव छैन’

काठमाडौं । पछिल्लो समय नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिकिएको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

कतिपयले माओवादीसँग विप्लवले पार्टी एकता गर्ने तयारी गरेको रूपमा अर्थाएका छन् । कतिपयले समाजवादी मोर्चालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सम्बन्ध विस्तार भएको बताएका छन् ।

प्रचण्डमाथि एघार वर्षअघि संघीन आरोप लगाएर जनविद्रोमा होमिएका विप्लव अहिले प्रचण्डको समर्थनमा अभिव्यक्ति दिन थालेका छन् । माओवादी युद्धलाई उचाइमा पुर्याउने प्रचण्डको समर्थनमा सडकमा कोही नआएपनि आफू बचाउमा निस्कने जिकिर गरेका छन् । पुुसको दोस्रो हप्ता द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि उनले उक्त अभिव्यक्ति दिएका थिए । त्यतिबेला प्रचण्डको निकै प्रशंसा गरेका उनले अन्ततः प्रचण्ड नेतृत्वको समाजवादी मोर्चा सहभागी भए । उनी आफैले पनि एकतालाई नकार्न सकेका छैनन् ।

२३ फागुन, २०७९ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रसहित, विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको माआवादी क्रान्तिकारी, बाबुराम नेतृत्वको नेसपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी, धमेन्द्र नेतृत्वको नेकपा बहुमत लगायत माओवादी घटका बैठकले द्वन्द्वकालीन मुद्दामा एकजुट हुने निर्णय भएको थियो । र, मोर्चाको बैठकलाई निरन्तरता दिने सहमति भएको थियो । तर फागुनको अन्तिम सातादेखि बैठक नै बस्न सकेको छैन ।

पार्टी एकताको विषयमा छलफल गर्न बिहीबार प्रचण्डलाई भेट्न उनी प्रधानमन्त्री निवास बालुवाटार नै गएका थिए । दुई शीर्ष नेताबीचको भेटघाटलाई समाजवादी मोर्चा प्रभावकारी बनाउने र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएका छन् । तत्काल पार्टी एकताको विषयमा दुई शीर्ष नेताले मुख नखोलेपनि विप्लव माओवादीमा आए महासचिव दिन सकिने माओवादी केन्द्रका नेतारूले प्रक्रिया दिएका छन् । स्थायी कमिटी सदस्य लेखनाथ न्यौपानेले चुनावी मोर्चालाई उपयोग गर्नेगरी विप्लवलाई भित्र्याउने तयारी भइरहेको बताए ।

‘विप्लवजी ढिलोचाँढो माओवादी केन्द्र फर्किनु हुन्छ । शब्दाबलीमा जे भनिएपनि चुनावमा सहकार्य गर्नेगरी पार्टी एकता हुन्छ । त्योभन्दा दायाँबायाँबाट एकता हुँदैन’, उनले भने ।

विप्लवलाई पार्टीमा भित्र्याउनका लािग विश्वासपात्र कृष्णबहादुर महरामार्फत पहल गरिरहेका छन् । उनी आफैपनि धेरैपटक विप्लवसँग छलफल गरिसकेका छन् । तर, माओवादीसँग पार्टी एकताबारे नेकपाकै नेताहरूले अनविज्ञता गरेका छन् । विप्लवका नेता अनिलशर्मा विरहीले पार्टी विभाजनको औचित्य पुष्टि नभएसम्म एकता हुनेमा शंका गरेका छन् । माओवादीसँग पार्टी एकताबारे पार्टीभित्र कुनै छलफल नभएको उनले बताए ।

‘पार्टी एकताबारे पार्टीभित्र कुनै छलफल भएको छैन । एकता गर्नेभए पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्छ । यथास्थितिम एकता सम्भव छैन’, उनले भने, ‘माओवादीसँग एकताको कुरा मिडियाबाजी मात्र हुन् । त्यसको कुनै तुक छैन ।’

समाजवादी मोर्चा घोषणा सकारात्मक भएपनि त्यसले गति नलिएकोमा उनले निराशा व्यक्त गरे । उनले फेरीपनि स्वार्थ प्रेरित भएर मोर्चा गठन, पार्टी एकता, विघटन गरिए माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने चेतावनी दिए ।

‘द्वन्द्वकालीन मुद्दामा पूर्वमाओवादी एकजुट हुने भनेर सहमति गर्यौं तर त्यो अहिले गतिहीन अवस्थामा छ । फेरी वामपन्थीबीच कार्यकता एकता हुँदै पार्टी एकता गर्नेगरी समाजवादी मोर्चा घोषणा गर्यौं, अहिलेसम्म एउटा बैठक पनि बस्न सकेको छैन । यसरी स्वार्थमा रहेर मोर्चा गठन र विघटनको प्रक्रियामा लाग्यौं भने माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा छ’, उनले भने ।

शान्तिप्रक्रियामा आएदेखि नै प्रचण्डले विभिन्न मोर्चालाई आफ्नो स्वार्थ अनुकुल उपयोग गर्दै आएको प्रचण्डमाथि आरोप छ । उता विप्लवले क्रान्तिलाई धोकार दिएर संसदीय भासमा फसेको आरोप लगाउँदै धमेन्द्र बास्तोलाको नेतृत्वमा अलग भएको समूह वैद्य नेतृत्वको माओवादीमा विलय भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष