NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ५ गते

भुलेर पनि गुलाब जलमा नमिसाउनुहोस् यी साम्रगी

एजेन्सी । प्राय गुलाब जललाई टोनरको रुपमा प्रयोग गरिन्छ । छालाका फोहर सफा गरी छालामा थप पोषण दिने भएकाले गुलाब जल छालाका लागि फाइदाजनक छ । अधिकांश व्यक्ति गुलाब जललाई अन्य साम्रगीसँग मिसाएर लगाउने गर्छन् । तर यसो गर्नु हानिकारक हुन्छ । खासमा गुलाब जलमा अन्य सामग्री मिसाउनु पदैन् । यसमा गलत साम्रगी मिसाउँदा यसले छालामा समस्या  य उत्पन्न् गराउछ ।

जान्नुहोस् के सँग मिसाउनु हुँदैन् गुलाब जल 

गुलाब जल र इसेन्सियल ओयल

प्राय व्यक्ति गुलाब जलमा अन्य इसेन्सियल ओयल राखेर अनुहारमा लगाउँछन् । यसरी गुलाब जलमा अन्य इसेन्सियल ओयल हालेर प्रयोग गर्दा यसले छालामा उल्टो असर गर्नुका साथै एलर्जी, रातोपनाको समस्या निम्ताउँछ ।

गुलाब जल र भिनेगर

गुलाब जलसँग भिनेगर मिसाएर लगाउनु हुँदैन् । यसले छालाको पिएच लेबललाई असन्तुलन गर्छ र छालामा दाग पिम्पलको समस्या ल्याउन सक्छ ।

कागती र गुलाब जल

कागतीमा भिटामिन सी हुन्छ । यो अनुहारका लागि फाइदाजनक मानिए पनि गुलाब जलसँग मिसाउँदा यसले छालामा असर गर्छ । जसले गर्दा छाला चिलाउने तथा सुख्खा हुने समस्या हुन्छ  ।

ताजा अपडेट

नेपालवाच विशेष