NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चीनमा पहिरोमा परी ७ जना बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरो जादा सात जनाको मृत्यु भएको छ ।

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मंगलबार बिहान १०:३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।