करेन्ट लागेर एकको मृत्यु
महेन्द्रनगर । करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया