कागती पानीले दाँतमा कस्तो असर गर्छ ?

एजेन्सी । गर्मीमा धेरैको रोजाइ हो कागती पानी । यो स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ । गर्मीमा कागती पानी पिउँदा शरीर शितल हुनुका साथै डिहाइड्रेसनको समस्या हुन पाउँदैन् ।
कागतीमा भिटामिन ‘सी’ प्रशस्त्र मात्रामा पाइन्छ । भिटामिन ‘सी’ ले रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । कागती पानी पिउनाले शरीरलाई डिटोक्सिफाई गर्छ । तर के तपाईलाई थाहा छ कागती पानी पिउँदा यसले दाँतलाई भने गम्भीर क्षति पुयाँउन सक्छ ।
कागती पानीको दैकिन पिउँदा दाँतमा समस्या हुने जाखिम भने उच्च रहन्छ । कागतीमा सिट्रिक एसिड नामक अम्लीय पदार्थ हुन्छ । जसले दाँतको इनामेलमा क्षति गराउँछ ।
इनामेल दाँतको पातलो बाहिरी आवरण हो जुन दाँतलाई बलियो बनाउन आवश्यक हुन्छ। यदि तपाईले धेरै अम्लिय पदार्थ सेवन गरिरहनुभयो भने यसले समयसँगै तपाईको इनामेललाई नोक्सान गर्न थाल्छ। जसले दाँतको डेन्टिन तह खुला हुन्छ र दाँतमा झन्झनाहट महसुस हुन सक्छ ।
यस्तै, इनामेलको क्षतले दाँत पहेँलो हुन थाल्छ र खानेकुरा खाँदा दुखाइ पनि हुन सक्छ । त्यसैले कागती पानी दिनहुँ पिउनुहुन्छ भने यसमा केही कुरा ध्यान दिन आवश्यक छ । जसले दाँतमा हुने क्षतिलाई कम गर्छ ।
यदि तपाई कागती पानी सिधै गिलासबाट पिउनुहुन्छ भने त्यो गल्ती नगर्नुहोस् । यसले कागतीमा भएको अम्ल प्रत्यक्ष दाँतको सम्पर्कमा आउँछ गिलासको विकल्पमा तपाई स्ट्र पाइपको प्रयोग गर्न सक्नुहुन्छ । यसै गरी कागती पानी पिउनेबित्तिकै मुख कुल्ला गर्ने बानी बसाल्नुहोस् । कुल्ला गर्दा दाँतको सतहमा रहेको एसिड हट्छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया