सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पु¥याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन् ।
इद उल अजहा (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरे । उनले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गरेका छन् ।
त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनले विश्वास दिएका छन् । ‘मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामीबीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो,’ शुभकामना सन्देशमा भनिएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया