गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै बालुवाटार काण्डका तीन आरोपित सर्वोच्चमा
काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा कीर्ते मुद्दामा पक्राउ परेका तीनजना सर्वोच्च अदालत पुगेका छन् ।
आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र पूर्वप्रमुख निर्वाचन आयुक्त सुधीरकुमार शाहले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।
आफूहरूलाई विनाशर्त रिहा गरिनुपर्ने उनीहरूको माग छ । यो निवेदनमाथि भोलि सुनुवाइ हुने जनाइएको छ ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातजनालाई यो प्रकरणमा पक्राउ गरेको थियो । उनीहरूमध्ये चारजना सोही दिन छुटेका हुन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया