NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै बालुवाटार काण्डका तीन आरोपित सर्वोच्चमा

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा कीर्ते मुद्दामा पक्राउ परेका तीनजना सर्वोच्च अदालत पुगेका छन् ।

आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र पूर्वप्रमुख निर्वाचन आयुक्त सुधीरकुमार शाहले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

आफूहरूलाई विनाशर्त रिहा गरिनुपर्ने उनीहरूको माग छ । यो निवेदनमाथि भोलि सुनुवाइ हुने जनाइएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातजनालाई यो प्रकरणमा पक्राउ गरेको थियो । उनीहरूमध्ये चारजना सोही दिन छुटेका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष