NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कोशीमा मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

बिराटनगर ।  कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएसँगै एमालेको सरकार ढलेको हो ।

कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । उनको विपक्षमा भने ४३ मत परेको छ ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित थिए ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गरेका थिए ।

विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताए । उनले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित भएनन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष