NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अख्तियारले दायर गरेको मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।

उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनलाई आज विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र डा खुसीप्रसाद थारुको इजलासले दोषी ठहर गरेको हो ।

उनलाई एक वर्ष ३ महिना कैदसहित १८ करोड रुपैयाँ बिगो तिर्ने आदेश दिइएको छ । अख्तियारले उनलाई १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।