प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बरमा छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।
सोमबार परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण गर्ने तयारी गरेको जानकारी दिएका हुन् । उनले छिमेकी देश चीन र भारतबाट प्रतिफल लिन सकिने पनि बताए।
प्रधानमन्त्रीको चीन भ्रमणबाट लाभ लिने सन्दर्भमा महत्वपूर्ण हुने र नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेको उनले जिकिर गरे ।
‘प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ । नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेको छ’, उनले भने ।
उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको भन्दै सैन्य गठबन्धनमा तटस्थ रहने बताए ।
पहिलो पटक प्रधानमन्त्री हुँदा चीन भ्रमण गरेका उनले भारत असन्तुष्ट भएपछि दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारतबाट नै गरेका थिए । विभिन्न आशंकाबीच योपटक पनि उनले भारतबाट नै आफ्नो राजनीति भ्रमण सुरू गरेका थिए ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया