NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

निजामती कर्मचारीका छोराछोरीलाई १७ करोड बढीको छात्रवृत्ति, कुनमा कति ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तानका लागि दिइने छात्रवृत्तिको अन्तिम सूची सार्वजनिक गरेको छ । १३ संकायका लागि सरकारले १७ करोड ८१ लाख ८६ हजार ५८९ रूपैयाँ कर्मचारीको बैंक खातामा भुक्तानी गर्न निर्देशन दिएको छ ।

जम्मा ६८७ जनाले यो छात्रवृत्तिको अवसर पाउनेछन् । निजामती कर्मचारीका सन्तानक शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भनेर यो अवसर खुला गरिएको हो ।

इन्जिनियरिङ संकायमा सबैभन्दा धेरै विद्यार्थीले अवसर पाउने भएका छन् । दुई सय २९ विद्यार्थीका लागि पाँच करोड ६९ लाख ७ हजार ७५८ रूपैयाँ भुक्तानी गर्न भनिएको छ ।

बजेटका हिसाबले चिकित्सा शास्त्रका लागि सबैभन्दा धेरै रकम छ्ट्याइएको छ । एक सय ४४ विद्यार्थीका लागि ७ करोड १७ लाख रूपैयाँ छुट्याइएको हो । त्यस्तै स्वास्थ्य विज्ञानका लाथि ६४ लाख ८० हजार रूपैयाँ विनियोजन भएको छ । यसका लागि छात्रवृत्ति पाउने विद्यार्थी संख्या २९ रहेको छ । आयुर्वेदमा एकजनामात्रै विद्यार्थीका ललाथि तीन लाख रुपैयाँ छुट्याइएकाे छ ।

वन विज्ञानमा पाँचजना विद्यार्थीले अवसर पाउनेछन् । जसका लागि पाँच लाख रूपैयाँ दिन भनिएको छ । कृषि विज्ञानमा ३६ विद्यार्थीका लागि ७७ लाख ६७ हजार २०० र विज्ञान संकायमा १२ जना विद्यार्थीका लागि ११ लाख २० हजार २५० रुपैयाँ छुट्याइएको छ ।

कानुनमा ४५ जना विद्यार्थीलाई दिइने छात्रवृत्तिमा सरकारले ७६ लाख रूपैयाँ भुक्तानी दिनेछ द्धने व्यवस्थापनतर्फ ११९ जना विद्यार्थीका लागि १ करोड ४२ लाख ८५ हजार ५३१ रूपैयाँ दिइनेछ ।

शिक्षातर्फ भने चारजनालेमात्रै यो छात्रवृत्ति पाउनेछन् । त्यसका लागि सरकारले दुई लाख ४१ हजार ६० रूपैयाँ भुक्तानी दिनेछ ।
मानविकीमा ११ विद्यार्थीका लागि १४ लाख ६२ हजार २९०, सूचना पूविधिमा ५१ जनका लागि ९८ लाख २२ हजार ५०० रूपैयाँ सरकारले उपलब्ध गराउने भएको छ ।