कर्मकाण्डी ढंगले सरकार अघि बढे आवश्यक निर्णय लिन्छौं : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार कर्मकाण्डी ढंगले अगाडि चलिरहे विकल्पमा आवश्यक निर्णय लिने बताएका छन् ।
आफूहरू सरकार परिवर्तनको खेलमा नरहेको जिकिर गर्दै उनले सरकार ढाल्नको लागि एमालेसँग सहकार्य नभएको स्पष्ट पारे ।
‘हामी अहिले सरकार ढाल्ने विषयमा छैनौं, त्यसमा इन्ट्रेस देखाएका पनि छैनौं । सरकार कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै निर्णय गर्छौं’, मंगलबार कैलालीमा संञ्चारकर्मीसँग उनले भने ।
अहिले सरकार बनाउने भन्दा पनि पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेको उनले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया