NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्मकाण्डी ढंगले सरकार अघि बढे आवश्यक निर्णय लिन्छौं : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार कर्मकाण्डी ढंगले अगाडि चलिरहे विकल्पमा आवश्यक निर्णय लिने बताएका छन् ।

आफूहरू सरकार परिवर्तनको खेलमा नरहेको जिकिर गर्दै उनले सरकार ढाल्नको लागि एमालेसँग सहकार्य नभएको स्पष्ट पारे ।

‘हामी अहिले सरकार ढाल्ने विषयमा छैनौं, त्यसमा इन्ट्रेस देखाएका पनि छैनौं । सरकार कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै निर्णय गर्छौं’, मंगलबार कैलालीमा संञ्चारकर्मीसँग उनले भने ।

अहिले सरकार बनाउने भन्दा पनि पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेको उनले बताए ।