NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एउटा ढुंगाले दुई कार ध्वस्त, २ को मृत्यु, ३ घाइते (भिडियोसहित)

काठमाडौं । कारमाथि ठूलो ढुंगा खस्दा त्यसमा सवार दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते छन् । भारतको नागाल्याण्डमा सडकमा पार्किङ गरिएका कारहरूमा विशाल ढुंगा खस्दा मानवीय क्षति भएको हो ।

मंगलबार साँझ भएको घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा ठूलो ढुङ्गा पहिले एउटा कारको माथि खसेर नजिकैको अर्को कारमा खसेको देखिन्छ । ढुङ्गा यति तीव्र गतिमा खसेको थियो कि दुवै गाडीहरू ध्वस्त भएका थिए ।

सोही समयमा खसेको अर्को ढुंगाले थप एक कारमा समेत क्षति पुर्याएको छ । घटना हुँदा पानी परिरहेको थियो ।

समाचार एजेन्सी पिटिआइका अनुसार अधिकारीहरूले यो घटना नागाल्याण्डको चुमोकेडिमा जिल्लाको भएको बताए।

अधिकारीका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको छ ।