NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

संसदको गतिरोध हटाउन प्रधानमन्त्री र ओली छलफलमा जुट्दै

काठमाडौं । संसदको जारी गतिरोध हटाउन आइतबार भएको सत्ता पक्ष र प्रतिपक्षबीचको छलफल अन्तिम समयमा आएर भाँडिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सोमबार पनि प्रभावित भएको छ ।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले अवरोध गरेको संसद खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच आइताबार छलफल भएको थियो ।

आफूले दिएको अभिव्यक्तिको सम्बन्धमा सदनमा जवाफ दिने र एमालेले संसद सूचारू गर्ने सहमति भएको थियो । तर असार २१ गते प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटलाई लिएर ओलीले असहमति जनाएपछि अन्तिम समयमा बैठक स्थगित भयो । सोही विषयमा थप सहमति जुटाउने गरी आजपनि छलफललाई जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार प्रधानमन्त्रीको कार्यलयमा प्रमुख तीन दलको बैठक बस्न लागेको हो । असार १८ गते प्रचण्डले भारतीय नागरीक सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति राष्ट्रियता र संसदको सार्वभौमसत्ताविपरित भएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । लगातार संसद अवरोध हुँदा संसदमा विचाराधीन बिल प्रभावित भएको छ ।