संसदको गतिरोध हटाउन तीन दलको बैठक जारी
काठमाडाैं । संघीय संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सुरू भइरहेको हो।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले अवरोध गरेको संसद खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच आइताबार छलफल भएको थियो ।
आफूले दिएको अभिव्यक्तिको सम्बन्धमा सदनमा जवाफ दिने र एमालेले संसद सूचारू गर्ने सहमति भएको थियो । तर असार २१ गते प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटलाई लिएर ओलीले असहमति जनाएपछि अन्तिम समयमा बैठक स्थगित भयो । सोही विषयमा थप सहमति जुटाउने गरी आजपनि छलफललाई जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असार १८ गते प्रचण्डले भारतीय नागरीक सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति राष्ट्रियता र संसदको सार्वभौमसत्ताविपरित भएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । लगातार संसद अवरोध हुँदा संसदमा विचाराधीन बिल प्रभावित भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया