NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

प्रधानमन्त्रीमा नैतिकता भए राजीनामा दिनुपर्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका छन् ।

अवरूद्ध संसद बैठक सोमबार खुलेपछि उनले विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियमाथि गम्भीर खतराको विषय हो । उहाँमा नैतिकता जिवित भए तत्काल राजीनामा दिनुपर्छ । कसैको दबाबले राजीनामा दिने होइन । यो नैतिकताको विषय हो’, उनले भने ।

उनले सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए । मिटरब्याजमा विपक्षीमाथि अनावश्यक आरोप लगाएकोमा आपत्ति जनाए ।