NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ : तपाईंले मागेर म राजीनामा दिन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको प्रश्न उठाउने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नैतिकता कसले देखायो वा देखाएन भन्ने विषयमा विगतको समीक्षा गर्न आग्रह गरेका छन् ।

सोमबार संसदमा स्पष्टीकरण दिँदै उनले आफ्नो मनमा राजीनामा दिने भाव आए एक मिनेट पनि पदमा नबस्ने बताए । प्रधानमन्त्रीले बोल्नुअघि लिङ्देनले प्रचण्डको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

‘माननीय सदस्य राजेन्द्रजीले नैतिकताको आधारमा राजीनामा दिन भन्नुभयो । म उहाँलाई विगत पढ्न आग्रह गर्न चाहन्छु । कसले नैतिकता देखायो कसले देखाएन ? विगतमा म दुई पटक प्रधानमन्त्री हुँदा कुन आधारमा राजीनामा दिएँको थिए, त्यसमा तपाईंलाई हेक्का होला ?’, प्रधानमन्त्रीले भने, ‘हुनत तपाईं दुई पटक सांसद हुनुभयो । भोलि तपाईं पनि प्रधानमन्त्री हुनुहोला, यसैगरी सरकार भाग्दै गयो भने स्थिति के होला ? म तपाईँले भनेर त राजीनामा दिन्न । तर, मेरो मनमा पदमा बस्न मन लागेन भने एक मिनेटमा राजीनामा दिन्छु ।’

केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दललहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरेका थिए ।