लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ : तपाईंले मागेर म राजीनामा दिन्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको प्रश्न उठाउने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नैतिकता कसले देखायो वा देखाएन भन्ने विषयमा विगतको समीक्षा गर्न आग्रह गरेका छन् ।
सोमबार संसदमा स्पष्टीकरण दिँदै उनले आफ्नो मनमा राजीनामा दिने भाव आए एक मिनेट पनि पदमा नबस्ने बताए । प्रधानमन्त्रीले बोल्नुअघि लिङ्देनले प्रचण्डको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
‘माननीय सदस्य राजेन्द्रजीले नैतिकताको आधारमा राजीनामा दिन भन्नुभयो । म उहाँलाई विगत पढ्न आग्रह गर्न चाहन्छु । कसले नैतिकता देखायो कसले देखाएन ? विगतमा म दुई पटक प्रधानमन्त्री हुँदा कुन आधारमा राजीनामा दिएँको थिए, त्यसमा तपाईंलाई हेक्का होला ?’, प्रधानमन्त्रीले भने, ‘हुनत तपाईं दुई पटक सांसद हुनुभयो । भोलि तपाईं पनि प्रधानमन्त्री हुनुहोला, यसैगरी सरकार भाग्दै गयो भने स्थिति के होला ? म तपाईँले भनेर त राजीनामा दिन्न । तर, मेरो मनमा पदमा बस्न मन लागेन भने एक मिनेटमा राजीनामा दिन्छु ।’
केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दललहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया