NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रेड्मी ए टु र एटु प्लस नेपाली बजारमा, आकर्षक मूल्यसहित यस्ता छन् अत्याधुनिक फिचर

काठमाडौं । शाओमीले रेड्मी ए टु र एटु (A2 / A2+)  नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपुर्ण रेड्मी ए टु र एटु ले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी पनि रहेको छ । इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ रेड्मी ए टु र एटु ले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्ने कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, ‘रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी ए टु र एटु प्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन्। ।’

डिस्प्ले

रेड्मी A2 / A2+ n] 6.52″ HD  डट ड्रप डिस्प्लेका साथ एक विस्तृत र इमर्सिभ भीउविङ्ग अनुभव प्रदान गर्दछ । 1600 x 720 HD को रिजोल्युसन र द्दण्स्ढ आस्पेक्त रेसियोका कारण प्रत्येक ईमेज, भिडियो र गेम उत्कृष्ट स्पष्टताका साथ जीवन्त हुँदछ । डिस्प्लेले नाइट लाइटलाई पनि सपोर्ट गर्दछ, जसले प्रयोगकर्ताहरूको आँखालाई स्ट्रेस नगरी कम प्रकाशको अवस्थामा आफ्नो फोन सहज रूपमा प्रयोग गर्न सक्षम बनाउँछ ।

क्यामेरा

8MP  एआई डुअल क्यामेरा सेटअप संग सुसज्जित रेड्मी A2 / A2+ मा अद्भुत फोटोग्राफीका सम्भावनाहरू प्राप्त गर्नुहोस् । यसको मेन क्यामेरामा f/2.0  एपरेचर रहेको छ, जसले स्पष्ट र जीवन्त ईमेजहरू सुनिश्चित गर्दछ भने अग्जिलारी लेन्सले थप डिटेलहरू खिच्दै क्यामेराको क्षमता विस्तार गर्दछ । . f/2.2  एपरेचरको साथ 5MP फ्रन्ट क्यामेराले सुन्दर सेल्फीहरू सुनिश्चित गर्ने काम गर्दछ । प्रयोगकर्ताहरूले आफ्नोेरचनात्मक अभिव्यक्तिलाई अझ बढाउँदै पोट्र्रेट, भिडियो, छोटो भिडियो र टाइम(ल्याप्स जस्ता विभिन्न फोटोग्राफी मोडहरू एक्सप्लोर गर्न सक्नुहुनेछ ।

डिजाइन

रेड्मी A2 / A2+ मा युनिबडी कर्भ ब्याक संयोजित स्टाइलिश फ्ल्याट फ्रेम डिजाइनका साथ आउँदछ जसले गर्दा भिजुअल अपील र एर्गोनोमिक कम्फोर्ट दुवै प्राप्त गर्न सकिन्छ । 164.90 x76.75×9.09mm नाप र केवल ज्ञढद्दन तौल भएका यी फोनहरू एक हातले समात्न र सञ्चालन गर्न सजिलो छ । तीन आकर्षक रङ्गका अप्सनहरू ( कालो, हल्का हरियो र हल्का निलोमा उपलब्ध रेड्मी ब्द्द र ब्द्दं ले प्रयोगकर्ताहरूलाई वहाँहरूको व्यक्तित्व झल्काउने शैली छनोट गर्न अप्सन प्रदान गर्दछ ।

पर्फर्मेन्स

MediaTek Helio G36 Octa-core प्रोसेसर द्वारा संचालित, 2.2GHz सम्मको क्लक इन हुने, रेड्मी A2 / A2+ ले बेजोड प्रदर्शन र प्रतिक्रिया प्रदान गर्दछ । 2GB+32GB  को स्टोरेज भेरियन्टमा रेड्मी A2 pउपलब्ध छ भने रेड्मी A2+ दुईवटा स्टोरेज भेरियन्टहरू 2GB+32GB  र 3GB+64GB  मा उपलब्ध छ जसमा  LPDDR4X eMMC 5.1 टेक्नोलोजीको साथ रहेको छ, जसले प्रयोगकर्ताहरूलाई सहज मल्टिटास्किङ र पर्याप्त स्टोरेज क्षमता प्रदान गर्दछ । यसका साथ साथै ज्ञत्द्य सम्मको एक्स्पान्डेबल स्टोरेज सपोर्ट सँगै प्रयोगकर्ताहरूले आफ्ना मनपर्ने एप, फोटो र भिडियोहरू सधैं सजिलै आफूसँगै राख्न सक्नुहुनेछ । लेटेस्ट एन्ड्रोइड १३ (गो एडिसन) मा चल्ने यी स्मार्टफोनहरूले अप्टिमाइज्ड स्पिड, सेक्युरिटी र प्राइभेसीका फिचरहरूको साथ एक अनुकूल र अपग्रेडेड अनुभव प्रदान गर्दछ ।

ब्याट्री र चार्जिंग

रेड्मी A2  र A2+मा ५,००० एमएएच (टाइप) ब्याट्री रहेको छ जसले दीर्घकालीन अनुभव सुनिश्चित गर्दछ । यस प्रभावशाली ब्याट्री क्षमताका साथ प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने कन्टेन्टको आनन्द लिन, कनेक्टेड रहन र ब्याट्री समाप्त हुने चिन्ता नगरी दैनिक कार्यहरू गर्न सक्नुहुनेछ । 10W चार्जरले फास्ट चार्जिङ सुविधा छिटो र सुविधाजनक बनाउँदै प्रयोगकर्ताहरूलाई झन्झटरहित चार्जिङ अनुभव प्रदान गर्दछ ।

उपलब्धता

रेड्मी A2 / A2+ तीन रंग लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध छ । 2GB+32GB  को स्टोरेज भेरियन्टमा रेड्मी A2 उपलब्ध छ भने रेड्मी A2+ मा दुईवटा स्टोरेज भेरियन्टहरू 2GB+32GB / 3GB+64GB  मा उपलब्ध छ जसमा 1TB  सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।

रेड्मी A2 2GB+ 32GB भेरियन्टको मूल्य रु १०,४९९ रहेको छ । रेड्मी A2 2GB+ 32GB भेरियन्टको मूल्य ११ हजार ४९९ र ११ हजार ९९९ रहेको छ ।

यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा असार २५ गते देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।