कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । कांग्रेस विधानअनुसार हरेक दुुई महिनामा बस्नुपर्ने बैठक एक वर्षपछि बस्न लागेको हो ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले दिउँसो १ बजेका लागि बैठक तय भएको जानकारी दिए ।
एक वर्षपछि बस्न लागेको बैठकको मूल एजेण्डा समसामयिक राजनीतिक विषय हुने बताइए पनि तय हुन बाँकी छ । यसबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बिहान ९ बजेका लागि पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।
कांग्रेसका एक नेताले उक्त बैठकले तय गरेका एजेण्डा बैठकमा प्रस्तुत गरिने जानकारी दिए । बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यले भनाइ राखेपछि सभापतिले त्यसको जवाफ दिनेछन् । केन्द्रीय सदस्यलाई बोल्नका लागि समय दिइने भएकाले बैठक केही दिन लम्बिने बताइएको छ ।
भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने संस्थापनइतर पक्षले उठाउँदै आएका छन् । तर देउवाले यसलाई पन्छाउँदै आएका छन् । देउवाले यसबारे उदासीनता देखाएपछि भ्रष्टाचार र सुशासनप्रतिको कांग्रेसको प्रतिबद्धता के हो भन्ने प्रश्न ज्वलन्त बनेर खडा भएको छ । त्यसैले यस पटकको कांग्रेस केन्द्रीय समिति बैठकलाई यो विषयसँग जोडेर चासोका साथ हेरिएको छ ।
आएकाले यस पटक यो विषयलाई निकै चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया