लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी

बेरूत । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, ‘पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।’
संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन् ।
लेबनानको दक्षिणी सीमावर्ती शहर यारिनको बाहिरी इलाकामा एक ‘वाच टावर’ स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनाशरा समाचार संस्थाले जनाएको छ ।
त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीहरूसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गरे ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया