दक्षिण कोरियामा भारी वर्षा, कम्तीको २६ को मृत्यु, १० बेपत्ता
काठमाडौं । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
बाढीका कारण चुङचेओङ प्रान्तको सुरुङभित्र पनि पानी पसेको छ, जसका कारण करिब १९ गाडी फसेको सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धारकर्ताहरूले सुरुङमा फसेका कारहरूसम्म पुग्ने प्रयास गरिरहेका छन्।
पहिरोका कारण धेरै घर डुबानमा परेका छन् । ग्याङसाङको पहाडी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार देशभर करिब ३ सय मिलिमिटर वर्षा भएको छ ।
त्यहाँको मौसम विज्ञान विभागका अनुसार, सामान्यतया यहाँ वार्षिक १००० मिलिटिरदेखि १८०० मिलिटिरसम्म वर्षा हुन्छ ।
बाढी प्रभावित क्षेत्रबाट बाहिरिएका तस्विरमा घरहरु पूर्ण रुपमा डुबेको देखिन्छ । धेरै ठाउँमा बाढीले रेलहरू लिकबाट खसेका छन् ।
मौसम विभागले बुधबारसम्म अझै पानी पर्ने अनुमान गर्दै अवस्था पहिलेभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया