बालिकामाथि सामूहिक बलात्कार, चार जना पक्राउ
राजविराज । एक बालिकालाई घरबाट उठाएर बाहिर लगी सामूहिक बलात्कार गरेको आरोपमा आज चार पक्राउ परेका छन् ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए ।
शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया