NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आगामी तीन दिनको मौसम : भारी वर्षाको सम्भावना कम

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारण देशभर सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना नरहेको यद्यपी हल्का देखि मध्यम वर्षा भने हुनेछ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आज बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागको एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।