गर्मी मौसममा कपाललाई यसरी राख्नुहोस् सुरक्षित

काठमाडौं । गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । गर्मी मौसममा धुलो र पसिनाले गर्दा हाम्रो कपालको मोस्चरलाई असर गरेको हुन्छ । आज हामी गर्मी मौसममा आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी गराउँदै छ ।
१. बढ्दो तापक्रममा कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।
२. घरबाट बाहिर निस्कने बेला आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।
३. कपाल कलर गर्नु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउँछ ।
४. गर्मी मौसम अनुसार हेयर स्टाइल्स राख्नुहोस् । आफ्नो कपाललाई खुकुलोसँग बाँध्नुहोस् ।
५. कपाललाई कस्सेर नबाँध्नुहोस् । यसले कपालमा खराबी ल्याउनुका साथै कपाल झर्ने सम्भावना बढाउँछ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया