NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुनसहित दुई जना पक्राउ परेका छन् ।

हङकङबाट आएको सुनसहित एजेन्ट र भरियालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।

विभागको टोलीले विशेष सूचनाका आधारमा सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिँदै गर्दा बरामद गरेको हो ।

अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो ।

‘विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,’ छापा मार्न संलग्न स्रोतले भन्यो, ‘भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।’