जाँचपासका कर्मचारीलाई निलम्बन गर्दै विस्तृत अनुसन्धान गर्ने तयारीमा भन्सार विभाग
काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँचपासमा खटिएका कर्मचारीलाई तत्काल निलम्बन गरेर विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ ।
आज विहान बसेको विभागको बैठकले अनुसन्धानका लागि निर्देशकको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय भएको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए ।
योसँगै विमानस्थलस्थित कार्गो बिल्डिङको जाँचपासमा खटिएका कर्मचारीको नाम मगाएर आजै निलम्बन गरिने उनले बताए । उनका अनुसार कर्मचारीको नामवालीसँगै अन्य विस्तृत विवरण पनि विमानस्थलसँग माग गरिएको छ ।
मंगलबार साँझ विमानस्थलको भन्सार कार्यालयबाटै पास भइसकेको करिब एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया