NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पार्किङमा राखिएको बस भित्र वृद्धा बलात्कृत, के छ सजायको व्यवस्था ?

दाङ । दाङमा पार्किङमा राखिएको बस भित्र एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुनिल थापा मगरका अुनसार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटना बिहीबार राति ११ बजेर ५५ मिनेटको हो । बलात्कार भइरहेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

वृद्ध महिला उपचारका लागि प्युठानबाट दाङ आएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के छ सजायको व्यवस्था ?
मुलुकी अपराध संहिता २०७४ मा उल्लेख भए अनुसार अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्मको कैद सजाय हुनेछ । बलात्कारपछि हत्या गरेको अपराधमा आजीवन कारावासको समेत व्यवस्था गरिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष