पार्किङमा राखिएको बस भित्र वृद्धा बलात्कृत, के छ सजायको व्यवस्था ?
दाङ । दाङमा पार्किङमा राखिएको बस भित्र एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुनिल थापा मगरका अुनसार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।
बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटना बिहीबार राति ११ बजेर ५५ मिनेटको हो । बलात्कार भइरहेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
वृद्ध महिला उपचारका लागि प्युठानबाट दाङ आएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
के छ सजायको व्यवस्था ?
मुलुकी अपराध संहिता २०७४ मा उल्लेख भए अनुसार अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्मको कैद सजाय हुनेछ । बलात्कारपछि हत्या गरेको अपराधमा आजीवन कारावासको समेत व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया