NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जब रणवीर र्‍याम्प छोडेर दीपिकालाई किस गर्न पुगे

एजेन्सी । बलिउडमा आफ्नो हर्कत र ड्रेसअपका कारण सधैँ चर्चामा रहने अभिनेता हुन् रणवीर सिंह ।

उनी अहिले पत्नी दीपिकाका लागि देखाएको मायाका कारण पुन: चर्चामा छन् । डिजाइनर मनिष मल्होत्राको ब्राइडल ड्रेसको शोमा र्‍याम्पमा उत्रिएका रणवीर र्‍याम्पकैबीच दीपिकालाई किस गर्न पुगेपछि चर्चामा छन् ।

अभिनेत्री आलिया भट्टसँग वाकमा निस्किएका रणवीर आलियाको हात छोडेर गेष्ट रोमा रहेकी दीपिकाको गालामा किस गर्न पुगेका थिए । रणवीरको हौसला बढाउनका लागि शो मा रणवीरकी आमा अंजु भवानी पनि सहभागी थिइन् ।

रणवीर र आलिया ‘रकी और रानी कि प्रेम कहानी’ को प्रचारमा व्यस्त छन् । जुलाई २८ देखि प्रदर्शनमा आउने फिल्मलाई करन जोहरले निर्देशन गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष