जब रणवीर र्याम्प छोडेर दीपिकालाई किस गर्न पुगे
एजेन्सी । बलिउडमा आफ्नो हर्कत र ड्रेसअपका कारण सधैँ चर्चामा रहने अभिनेता हुन् रणवीर सिंह ।
उनी अहिले पत्नी दीपिकाका लागि देखाएको मायाका कारण पुन: चर्चामा छन् । डिजाइनर मनिष मल्होत्राको ब्राइडल ड्रेसको शोमा र्याम्पमा उत्रिएका रणवीर र्याम्पकैबीच दीपिकालाई किस गर्न पुगेपछि चर्चामा छन् ।
अभिनेत्री आलिया भट्टसँग वाकमा निस्किएका रणवीर आलियाको हात छोडेर गेष्ट रोमा रहेकी दीपिकाको गालामा किस गर्न पुगेका थिए । रणवीरको हौसला बढाउनका लागि शो मा रणवीरकी आमा अंजु भवानी पनि सहभागी थिइन् ।
रणवीर र आलिया ‘रकी और रानी कि प्रेम कहानी’ को प्रचारमा व्यस्त छन् । जुलाई २८ देखि प्रदर्शनमा आउने फिल्मलाई करन जोहरले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया