जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् ।
बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
प्रतिक्रिया