चारजना सवार मोटरसाइकल भारतीय भ्यानसँग ठोक्किँदा तीनको मृत्यु
सुनसरी । सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार चारजना गम्भीर घाइते भएका थिए।
घाइते तीनजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा भएको दुर्घटनामा परी २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार चलिरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया