NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

चारजना सवार मोटरसाइकल भारतीय भ्यानसँग ठोक्किँदा तीनको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार चारजना गम्भीर घाइते भएका थिए।

घाइते तीनजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा भएको दुर्घटनामा परी २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार चलिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष