मिल्न र सहकार्य गर्न सक्ने कम्युनिष्टहरूबीच एकता आवश्यक : नेता नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै कम्युनिष्ट पार्टीहरु एकै ठाउँमा आउनु पर्ने बताएका छन् ।
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कम्युनिष्ट पार्टीहरु मिल्न सके शक्ति आर्जन गर्न सकिने बताएका हुन् । अझै पनि कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने उनको धारणा छ ।
अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया