मौद्रिक नीति : नीतिगत दर घट्यो, बैंकदर यथावत् [हेर्नुहोस् पूर्णपाठ]
![मौद्रिक नीति : नीतिगत दर घट्यो, बैंकदर यथावत् [हेर्नुहोस् पूर्णपाठ]](https://nepalwatch.com/wp-content/uploads/2023/07/rastra-bank.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक गरिएको हो ।
वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हालसम्म यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।
नीतिगत दरमा केही लचकता देखाएपनि बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् नै राखेको छ । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको पूर्णपाठ
प्रतिक्रिया