झुटो प्रमाणपत्रका आधारमा शिक्षक नियुक्त हुँदा अख्तियारको फन्दामा

काठमाडौं । धनुषास्थित श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत राहत शिक्षक सीता कुमारी यादवविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान गर्दा उनले साबिक श्री नवयुवक जनता प्राथामिक विद्यालयमा प्रा.वि तहको अस्थायी राहत शिक्षकमा नियुक्त हुँदा झुटो प्रमाणपत्र बुझाएको पाइएको छ ।
उनले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र बुझाएको पाइएको हो ।
यसरी नक्कली प्रमाणपत्रको आधारमा शिक्षकको हैसियतमा लाभ लिइएको भन्दै आयोगले उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै
-
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
प्रतिक्रिया