चुनावको खर्च विवरण नबुझाउँदा गगनदेखि सोबितालाई आयोगको जरिवाना, कसलाई कति ?
काठमाडौं । निर्वाचन आयोगले गत वर्षको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तिराउने भएको छ ।
प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभाका १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।
खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई आयोगले सात दिनको अल्टिमेटम दिएको छ ।
आज जारी गरेको आयोगको सूचना अनुसार हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।
विवरण नबुझाउनेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसम्म छन् । त्यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती, नेपाली कांग्रेसका नेता राजन भट्टराई, एमाले नेता शेरधन राई, कांग्रेस नेता गिरिराजमणि पोखरेल, विजय गच्छदार लगायतलाई पनि आयोगले जरिवाना तोकेको छ ।
आयोगले खर्च विवरण नबुझाउने उनीहरूसहित एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई १५ हजारको दरले जरिवाना तोकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया