डिएसपी ठगबहादुर केसी बर्खास्त
काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनलाई आज गृह मन्त्रालयले बर्खास्त गरेको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्नका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।
अनुसन्धानको क्रममा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया