NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

शिक्षा बहस : सामुदायिक शिक्षा सुधार्न सार्वजनिक निजी साझेदारी किन आवश्यक ?

काठमाडौं । सामुदायिक विद्यालयका कक्षाकोठा सुधारमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्दै आएको संस्था ‘टिच फर नेपाल’ मा केही समय काम गरिसकेपछि राजन महर्जनले सामुदायिक शिक्षामा सोचेभन्दा धेरै समस्या देखे ।

तिनै समस्या समाधानका लागि उनमा केही नवीन जुक्ति पनि आयो । ‘फेलोसिप’ सकिनासाथ उनले सोचे ‘यसरी कक्षाकोठा सुध्रिरमात्रै हुँदैन। विद्यालय रुपान्तरण हुने हो भने त्यहाँको व्यवस्थापन पनि राम्रो हुनुपर्छ ।’

शिक्षामा केही न केही राम्रो गर्नेहुटहुटी कायमै थियो ।उनले हरेक सामुदायिक शिक्षाको व्यवस्थापन सुधार गर्नका लागि उनले सार्वजनिक निजी साझोदारी(पिपीपी) मोडलमा काम गर्ने योजना बनाए । त्यही योजनाको सार्थक रूप हो कोल्याबोरेटिब स्कुल नेटर्वक(सिएसएन) ।

यसरी संस्था नै स्थापना गरेर स्थानीय तहसँगको साझेदारीमा उनीहरूले सामुदायिक विद्यालयको व्यवस्थापन सुधारमा काम गर्दै आइरहेका छन् । सुरुवाती वर्षदेखि नै विद्यालयमा सुधार देखिन थालेको बताउँदै आएका महर्जनका अनुसार हिजोआज समुदायले पनि उनीहरूलाई विश्वास गर्न थालेको छ । सिएसएन साँच्चै नै विद्यालयल सुधार गर्न आएको हो भन्ने भाष्य बन्न थालिरहेको देख्दा उनी आफूले सुरु गरेको फरक कामप्रति सन्तुष्ट छन् ।

यसरी काम गर्दा अधिकांश विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको उनको अनुभव छ ।

संस्थाको मुख्य उद्देश्य नै शिक्षा क्षेत्रमा संघर्ष गरिरहेका सामुदायिक विद्यालयहरूको सुधारमा काम गर्नु हो । अहिले पूरै सामुदायिक शिक्षा सुधारका लागि उनीहरूले विद्यालयको प्राथामिक तहमा काम गरिरहेका छन् ।

महर्जनका अनुसार सिएसएनले विद्यालयको दैनिक व्यवस्थापन तथा सञ्चालनदेखि कक्षाकोठामा कस्ता पूर्वाधार चाहिन्छ भनेर डोनरसँग सहायता मागिदिने सम्मका काममा मद्दत गर्छ ।

समग्रमा सामुदायिक विद्यालय सुधारमा सिएसएनले कसरी काम गरिरहेको छ ? शिक्षा सुधारमा यसको प्रभावकारिता कस्तो छ ? प्रस्तुत छ यी र यस्तै विषयमा महर्जनसँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले गरेको संवादको पूरा भिडियो :