NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

निखारयुक्त अनुहारको लागि सुत्नु अघि लगाउनुहोस् यी चिज

एजेन्सी । व्यस्त जीवनशैली, बढ्दो प्रदुषण, धुँवाधुलोले हाम्रो अनुहारको त्वचालाई निकै असर पुर्याइरहेको हुन्छ । तर, यसमा हामीले दैनिक रुपमा ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा अनुहारको त्वचालाई स्वस्थ र चमकदार बनाउन सकिन्छ । दिनमा हामीले अनुहारको छालालाई जति हेरचाह र स्याहार गर्छौँ त्यसरी नै रातमा पनि यसको हेरचाह वा स्किन केयर अनिवार्य हुन्छ । आज हामी घरमा नै उपलब्ध हुने सामानबाट रातको स्किन केयर कसरी गर्ने भन्ने बारे चर्चा गर्दैछौँ ।

नरिवल तेल
अनुहारमा भएको दिनभरीको मेकअप वा धुलो धुँवालाई फेसवास वा क्लिन्जरको सहायताले धुनु पर्दछ । अनुहार सफा गरिसकेपछि तपाईं नरिवलको तेल लगाउनु सक्नुहुन्छ । यदि तपाईंको स्किन सुख्खा छ भने नरिवल तेल झन् उपयोगी हुन्छ । नरिवलको तेलमा हुने इन्टिब्याक्ट्रेरियल गुणले त्वचालाई सफा र मुलायम बनाउन मद्दत गर्दछ ।

एलोभेरा जेल
सुत्नु अघि अनुहारमा एलोभेरा जेल लगाएर मजास गर्नाले स्किनमा हुने कतिपय समस्या समाधान हुन्छ । यसले स्किनलाई हाइड्रेटेड राख्नुका साथै नरम पनि बनाउँछ ।

काँचो दूध
घामको कारण अनुहारमा हुने सन ट्यान र डेड स्किन हटाउनका लागि सुत्नु अघि काँचो दूधले मसाज गर्नु उपयुक्त हुन्छ । थोरै काँचो दूधलाई हत्केलामा लिने र कपासको मद्दतले अनुहारमा लगाउने गर्नुपर्छ ।

गुलाब जल अर्थात् रोज वाटर
गुलाब जललाई हामी टोनरको रुपमा पनि प्रयोग गर्न सक्छौँ । कसैले यसलाई फेसप्याकमा पनि मिसाएर लगाउने गर्छन् । अनुहार सफा गरिसकेपछि कपासको सहायताले अनुहारमा गुलाब जल लगाएर सुत्ने गर्दा अनुहार सफा र सुन्दर देखिन्छ ।
(यदि यी सामाग्रीहरुदेखि तपाईंलाई एजर्ली छ भने यसको प्रयोग गर्नु हुँदैन ।)