NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भारतको श्रावस्तीमा कार दुर्घटना, ६ नेपालीको मृत्यु

काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ । एक जना घाइते छन् ।

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा बाँकेको नेपालगञ्जका ६ जनाको मृत्यु भएको हो । मृतक दुई परिवारका हुन् ।

भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, दुर्घटनामा नेपालगञ्ज सदरलाइनका एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, उनीहरूका तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ । सोही घटनामा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया सुनिती गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते कार चालक अजय मिश्रको उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किंने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ ।

भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।