लेखनाथ न्यौपानेको कटाक्ष- पार्टी रूपान्तरण अभियान आजै लुम्बिनीबाट थालिएछ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित पात्र ल्हारकाल लामालाई नियुक्त गरिएकोप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।
न्यौपानेले सामाजिक सञ्जालमा ‘पार्टी रूपान्तरण अभियान भदौ १६ बाट गर्ने निर्णय गरिएकोमा आजै लुम्बिनीबाट गरिएछ’ भन्दै पार्टी नेतृत्वको कटाक्ष गरेका छन् ।
‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर बैठक सकिएकै दिन लुम्बिनीबाट शुरु भइसकेछ,’ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सिफारिसमा लामालाई कोषको रिक्त उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । विवादास्पद छविका लामालाई कोषको उपाध्यक्षमा नियुक्ति दिएपछि माओवादीभित्रैबाट तीव्र असन्तुष्टि प्रकट भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया