NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लेखनाथ न्यौपानेको कटाक्ष- पार्टी रूपान्तरण अभियान आजै लुम्बिनीबाट थालिएछ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित पात्र ल्हारकाल लामालाई नियुक्त गरिएकोप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

न्यौपानेले सामाजिक सञ्जालमा ‘पार्टी रूपान्तरण अभियान भदौ १६ बाट गर्ने निर्णय गरिएकोमा आजै लुम्बिनीबाट गरिएछ’ भन्दै पार्टी नेतृत्वको कटाक्ष गरेका छन् ।

‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर बैठक सकिएकै दिन लुम्बिनीबाट शुरु भइसकेछ,’ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सिफारिसमा लामालाई कोषको रिक्त उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । विवादास्पद छविका लामालाई कोषको उपाध्यक्षमा नियुक्ति दिएपछि माओवादीभित्रैबाट तीव्र असन्तुष्टि प्रकट भइरहेको छ ।