विदेश लागे माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश लागेका छन् ।
ललितानिवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि छानबिन गर्न सर्वोच्च अदालतले मार्ग प्रशस्त गरेको भोलिपल्ट नेपाल युरोप उडेका हुन् ।
प्रवासी नेपाली एकता मञ्च, युरोपले स्विटजरल्याण्डलगायत देशमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नेपाल त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाल अब करिब दुई साता उतै रहने बताइएको छ ।
बालुवाटारस्थित सरकारी नाममा रहेको ललितानिवास जग्गा व्यक्तिका नाममा दर्ता गर्न दिने निर्णय गरेका व्यक्तिमाथि अनुसन्धान गर्न सर्वोच्चले आइतबार आदेश दिएसँगै माधव नेपाल, बाबुराम भट्टराईलगायत छानबिनमा तानिने भएका छन् । सर्वोच्चले यस्तो आदेश दिए पनि नेपालले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया