खोसाखोस गर्दा नाबालकको मृत्यु, आमाबाबु पक्राउ

बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ ।
प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया