NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

उच्च अदालतले भन्यो : ‘व्यापारिक कम्प्लेक्समा पार्किङ शुल्क उठाउन दिनू’

काठमाडौं । व्यापारिक कम्‍प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ।

कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश राजेन्‍द्र खरेलको इजलासले सो आदेश दिएको हो ।

खरेलको इजलासले यस विषयमा निवेदकको निवेदनको माग बमोजिम आदेश किन जारी हुनुनपर्ने ? भन्दै निवेदन माग बमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएको मितिले १५ दिनभित्र जवाफ दिन भनेको छ।

काठमाडौं महानगरपालिकाले व्यापारिक कम्‍प्लेक्सहरूलाई पार्किङ शुल्क नउठाउन निर्देशन दिएपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेको हो।