प्रतिनिधिसभाको बैठक बस्दै, हट्ला एमालेको अवरोध ?
काठमाडौं । आज प्रनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार सोमबार बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको थियो ।
सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।
आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।
यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
सोमबार दिउँसो १ बजे बैठक बस्न नसकेपछि सोही दिन दिउँसो ४ बजेका लागि सारिएको थियो । सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया