NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

सुन प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । क्विन्टल सुन प्रकरणमा संलग्न रहेको भनिएका दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

बेइजिङ उड्न लागेका उनीहरूलाई आज बिहान पौने ६ बजे विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सिआईबिलाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान छन् ।

हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन जना पुगेको छ । यसअघि ४ गते एक जना चिनियाँ पक्राउ परेका थिए ।

यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष