अमेरिकामा आत्महत्या गर्नेको संख्या उच्च

काठमाडौं (एजेन्सी) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।
सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको त्यस्तै २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया