NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

व्यवस्थापन परीक्षणका क्षेत्र र उद्देश्यहरू के-के हुन् ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले व्यवस्थापन परीक्षणका क्षेत्रहरू र यसका उद्देश्यबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

व्यवस्थापन परीक्षणका क्षेत्रहरु प्रस्तुत गर्दै यसका उद्देश्यमाथि प्रकाश पार्नुहोस । ५+५ =१०

१. व्यवस्थापन परीक्षणको परिचय

व्यवस्थापकीय निर्णय र कार्यप्रणालीको कार्यदक्षता, नियमितता, प्रभावकारीता, मितव्ययिता र औचित्यताको परिक्षण गरी सोको नतिजा व्यवस्थापन समक्ष प्रस्तुत गर्ने कार्यलाई नै व्यवस्थापन परिक्षण भनिन्छ, अर्थात् प्रशासकिय व्यवस्थापनलाई नतिजामूलक र उपलव्धीमूलक तुल्याउन संगठनको संरचना, कार्य पद्धती, कानूनको पालना तथा साधन स्रोतको उपयोग लगायतका विषयको विश्लेषणात्मक ढंगबाट परिक्षण गर्ने प्रशासनिक पद्धती नै व्यवस्थापन परिक्षण हो ।

२. व्यवस्थापन परीक्षणका क्षेत्रहरु

प्रशासन सुधारको महत्वपूर्ण अबयवका रुपमा रहेको व्यवस्थापन परीक्षणका क्षेत्रहरु देहाय अनुसार रहेका छन्ः

१. संगठनात्मक नीति र व्यवहार
२. संगठन संरचना
३. कार्य प्रक्रिया र कार्यालय विन्यास (Office Layout)
४. कर्मचारी व्यवस्थापन र अभिलेख
५. आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन
६. सेवा प्रवाह र पारदर्शिता
७. सूचना प्रविधिको प्रयोग
८. गुनासो व्यवस्थापन

३. व्यवस्थापन परीक्षणका उद्देश्यहरु

व्यवस्थापन परीक्षणका उद्देश्यहरु देहाय बमोजिम रहेका छन्ः

  • विभिन्न निकायहरूको प्रशासकीय व्यवस्थापन सम्बन्धी कार्यमा एकरुपता कायम गर्न सहयोग पु-याउने ।
  • प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालन गरे नगरेको सम्बन्धमा परीक्षण गरी देखिएका कमी कमजोरी, त्रुटि र अनियमितताहरूलाई उजागर गर्ने र सुधारका लागि सुझावहरू प्रस्तुत गर्ने
  •  संगठनका सवल र दुर्वल पक्षहरूको पहिचान गर्ने एवं सबल पक्षहरूको प्रवद्र्धन र दुर्बल पक्षहरू हटाउन आवश्यक उपायहरू समेत सिफारिस गर्ने ।
  •  उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी संगठनमा गतिशीलता र प्रभावकारिता वृद्वि गर्न सहयोग गर्ने ।
  •  व्यवस्थापकीय कार्य क्षमताको जाँच गर्ने ।
  •  व्यवस्थापनमा जवाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्ने ।
  •  व्यवस्थापकीय जवाफदेहिता कायम गरी जनतालाई सुशासनको पूर्ण र यथार्थ अनुभूति दिलाउने ।

४. निष्कर्ष

प्रशासन संयन्त्रलाई सबल, कुशल, प्रभावकारी, जनउत्तरदायी र व्यवस्थित बनाउनका लागि यसको व्यवस्थापन पक्षको परिक्षण गर्दा संगठनात्मक संरचनादेखि जिम्मेवारी, जवाफदेहिता, कार्यविभाजन तथा सम्भावित परिणामसहितको परीक्षण गरिनुपर्छ । यसले व्यवस्थापनका क्षेत्रमा देखिएका दुर्बल पक्षलाई सुधार गर्ने र सबल पक्षलाई प्रोत्साहन गर्नुका साथै सरकारप्रति जनविश्वास बढाउन भूमिका खेल्छ ।

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्