NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आज मन्त्रिपरिषद् हेरफेर गरिँदै, जनमतकी अनिता साहलाई सपथ खुवाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन् ।

आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । आज जनमतकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाउने तयारी भएको छ ।

जनमतलाई सरकारमा सहभागी गराउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

मोदीको ठाउँमा जनमतकी अनिता देवी साहलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।

पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् ।