नेपाल फर्किने हिम्मत छैन भनेपछि भ्रमण छोट्याएर आएँ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
सोमबार बिहान स्वदेश फर्किएका नेपालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफू पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर फर्किएको बताए ।
अध्यक्ष नेपालले आफू दुईरतीन दिनअघि नै स्वदेश आउन खोजे पनि टिकट भनेका बेला काट्न नसकिएको बताउँदै भने, ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ ।’
चुनौतीको सामाना गर्ने ढंगले फर्किएको बताउँदै उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने बताए ।
ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल अनुसन्धानमा तानिएका हुन् ।
आफूले कुनै लेनदेन नगरेकाले नआत्तिएको तर अलिअलि चित्त दुखेको नेता नेपालको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया