NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

अमेरिकामा बच्चा हेर्ने पुरुषको संख्या बढ्दा घरमा बस्ने महिलाको संख्या २८ प्रतिशतले घट्यो

एजेन्सी। अमेरिकामा कमाउनका लागि जागिर गर्नुको सट्टा घरमा बसेर बच्चा हेर्ने पुरुषको संख्या बढ्दै गएको छ । यो क्रम बढ्दै जाँदा अर्कोतर्फ घरमा बस्ने महिलाको संख्या भने घट्दै गएको छ ।

प्यू रिसर्चको अनुसन्धानमा पाइएअुनुसार १९९८ देखि २०२१ को बीचमा घरमा बस्ने महिलाको संख्या २८ देखि २६ प्रतिशतले घटेको छ । त्यस्तै, काम गर्ने समयमा घरमा बच्चाको रेखदेख गर्ने पुरुषको संख्या ४ देखि ७ प्रतिशतले बृद्धि भएकोे छ । यसरी घसमा बस्ने र काममा जाने पुरुषहरूबीच कुन कुन विषयमा अन्तर देखियो भन्नेबारे पनि उक्त अनुसन्धानमा अध्ययन गरिएको छ ।

यस्तो देखियो अन्तर

शिक्षा

तुलनात्मक रुपमा जागीर गर्ने पुरुषको भन्दा घरमा बस्ने पुरुषको ग्रेजुयशनको पढाइको सम्भमवना अलि कम देखिन्छ । घरमा बस्ने लगभग २२ प्रतिशत पुरुषको शिक्षाको स्तर यही हो । जागीर गर्ने पुरुषमा ४२ प्रतिशत यस्तो छ ।

गरीबी

घरमा बस्ने पुरुषको परिवार जागीर गर्ने पुरुषको परिवारको तुलनामा अर्थिक रुपमा कम सम्पन्न हुन्छन् । उक्त अनुसन्धानमा घरमा बस्ने करिव ४० प्रतिशत पुरुषको परिवार गरिबीमा रहेको पाइयो भने जागीर गर्ने पुरुषमा ५ प्रतिशतमात्रै गरिबीको रेखामा रहेको पाइयो ।

उमेर

तुलनात्मक हिसावले काममा जाने पुरुष भन्दा घरमा बस्ने पुरुष बढी उमेरका हुन्छन । ४६ प्रतिशत घरमा बस्ने पुरुष ४५ वर्ष भन्दा बढी उमेरका छन् ।

विवाह

घरमा बस्ने पुरुष मध्ये ६८ प्रतिशत विवाहित छन् भने काम गर्ने पुरुषमा ८५ प्रतिशत विवाहित रहेको पाइयो ।

१३ प्रतिशत पुरुष बेरोजगारीका कारण घरमै बस्छन्

उक्त अध्ययन अनुसार अमेरिकामा ७९ प्रतिशत महिलले परिवारको रेखदेख र ९ प्रतिशत विरामी अथवा अपाङगताका कारण घरमै बस्छन् । पुरुषको हकमा अवस्था फरक छ । २३ प्रतिशत पुरुषहरू परिवारको रेखदेख, ३४ प्रतिशत विरामी वा अपाङगता, ८ प्रतिशत पढाई, १३ प्रतिशत सेवानिवृत र १३ प्रतिशत बेरोजगारीका कारण घर बस्ने गरेको पाइएको छ ।