केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई एमालेले दियो बिदा
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ ।
सोमबार बसेको एमाले सचिवालय बैठकले स्थापितसहित सिरहाका प्रमोद यादवलाई बिदा गर्ने निर्णय गरेको हो ।
एमाले स्रोतका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । सोही बमोजिम उनीहरुको राजीनामा स्वीकृत गरिएको हो ।
एमाले सचिवालयको सोमबारको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएकी छन्। सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया