NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई एमालेले दियो बिदा

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकले स्थापितसहित सिरहाका प्रमोद यादवलाई बिदा गर्ने निर्णय गरेको हो ।

एमाले स्रोतका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । सोही बमोजिम उनीहरुको राजीनामा स्वीकृत गरिएको हो ।

एमाले सचिवालयको सोमबारको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएकी छन्। सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन् ।